बिआरआईमा अनुदान मात्र स्वीकार्यः नेता निधि

नेपालभ्युज

बिआरआईमा अनुदान मात्र स्वीकार्यः नेता निधि

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बिआरआई अनुदानका रूपमा प्राप्त भएमा मात्र स्वीकार्न सकिने बताएका छन्  ।

जनकपुरधाम विमानस्थलमा शुक्रबार पत्रकारहरूसँग उनले बिआरआईका विषयमा राष्ट्रिय छलफल र बहस गरी साझा धारणा बनाउनुपर्नेमा जोड दिए । “आयोजना अनुदानमा दिइयो भने ठिक छ तर ऋणका रूपमा लिनु हुँदैन। यसमा हामीले आफ्नो कुरा राखिरहेकै छौँ”, निधिले भने ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणअघि नै आवश्यक छलफल गरी समझदारीमा पुग्नुपर्ने बताए । “ऋण लिने गरी कुनै सम्झौता गर्न नहुने पक्षमा कांग्रेस रहेको छ । यसमा बृहत छलफल गरी निष्कर्षमा पुग्न जरूरी छ । अन्तर्राष्ट्रिय सम्बन्ध समिति र संसद्मा पनि यस विषयभित्रका सन्दर्भ र योजनाबारे छलफल हुनपर्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved