सबैभन्दा बढी आयकर बुझाउने सीजी मोटर्स सम्मानित

नेपालभ्युज

सबैभन्दा बढी आयकर बुझाउने सीजी मोटर्स सम्मानित

ललितपुर । आन्तरिक राजश्व कार्यालय ललितपुरले सीजी मोटर्स प्रा.लि.लाई सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रूपमा सम्मान गरेको छ ।

राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा, आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी आयकर दाखिला गरेको उपलब्धिका लागि सीजी मोटर्सलाई यो सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत नवराज पन्थीले चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई खादा र सम्मानपत्र प्रदान गर्दै कम्पनीको योगदानको प्रशंसा गरे । करप्रतिको जिम्मेवारी र पारदर्शितामा सीजीको योगदान उदाहरणीय रहेको उनले बताए ।

सम्मान लिँदै निर्वाण चौधरीले आफ्नो चौधरी ग्रूप समूहले देशको कुल सरकारी राजस्वको २ प्रतिशत योगदान गर्न सफल भएकोमा सन्तोष व्यक्त गर्दै आगामी दिनमा राष्ट्रको आर्थिक र सामाजिक विकासमा अझ योगदान गर्ने प्रतिबद्धता जनाए ।

सीजी मोटर्सको यो उपलब्धिले कर प्रणालीप्रतिको जिम्मेवारी र व्यवसायिक इमानदारीको राम्रो उदाहरण प्रस्तुत गरेको छ ।

चौधरी ग्रूप राष्ट्रको कुल राजस्वमा २ प्रतिशत योगदान गर्दै आर्थिक विकासको सहयात्री बनेको छ। मुलुकमा व्यवसायिक सफलता र सामाजिक उत्तरदायित्वको सन्तुलन कायम राख्दै अग्रणी भूमिका खेलिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved