आईपीएल मार्च १४ मा सुरु हुने

नेपालभ्युज

आईपीएल मार्च १४ मा सुरु हुने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएलको) अर्को संस्करण सन् २०२५ को मार्च १४ बाट सुरु हुने भएको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले शुक्रबार तालिका सार्वजनिक गर्दै यसको जानकारी दिएको हो ।

आईपीएलको फाइनल भने मे २५ मा हुने तालिका छ ।

बीसीसीआईले २०२५ सँगै अरु दुई सिजनको पनि तालिका सार्वजनिक गरेको छ । सन् २०२६ को सिजन मार्च १५ देखि मे ३१ बीच खेलाइनेछ । यस्तै २०२७ को सिजन मार्च १४ देखि मे ३० सम्म चल्ने तालिका छ ।

सन् २०२५ को सिजनमा ७४ खेल हुनेछन् । प्रतियाेगितामा १० टाेलीकाे सहभागिता रहने छ ।

यस वर्षको आईपीएल कोलकाता नाइट राइडर्सले जितेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved