काठमाडौं । यही मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज (शुक्रबार) नेकपा (माओवादी केन्द्र)ले उमेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ ।
नयाँ बजारस्थित कीर्तिपुर नगरपालिका कार्यालय छेउमा रहेको पार्टी प्यालेसमा मध्यान्ह १२ बजे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष, बागमती प्रदेश इन्चार्ज तथा प्रवक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रीय नेताको सहभागितामा हुने बताइएको छ ।
समाजवादी मोर्चाका दलहरूले उपनिर्वाचनमा माओवादी उमेदवारलाई समर्थन गर्ने घोषणा यसअघि नै गरिसकेका छन् । यससागै चुनावी प्रतिबद्वतापत्र सार्वजनिक गर्नेमा माओवादी केन्द्र पहिलो दल बनेको छ ।
माओवादीले प्राडा शिवशरण महर्जनलाई कीर्तिपुर नगरपालिका मेयरको उम्मेदवार बनाएको छ ।
Facebook Comment
Comment