इजरायली प्रधानमन्त्री नेतन्याहुसहित तीनजनाविरुद्ध आईसीसीले जारी गर्‍यो पक्राउ पुर्जी

नेपालभ्युज

इजरायली प्रधानमन्त्री नेतन्याहुसहित तीनजनाविरुद्ध आईसीसीले जारी गर्‍यो पक्राउ पुर्जी

एजेन्सी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र इजरायली पूर्वरक्षामन्त्री योआभ ग्लान्टविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

आईसीसीका न्यायाधीशले उनीहरुका साथै हमासका सैन्य कमाण्डर मोहम्मद देइफविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको बीबीसीले जनाएको छ ।

तर, इजरायलले भने पक्राउ पुर्जी जारी गरिएका हमास कमाण्डर देइफ गत जुलाईमा गाजामा गरिएको हवाई आक्रमणमा मारिएको दाबी गरेको छ ।

बीबीसीका अनुसार न्यायाधीशहरूले इजरायल र हमासबीचको लडाइँमा ‘युद्ध अपराध’ र ‘मानवता विरुद्धको अपराध’ का लागि तीनजना व्यक्ति जिम्मेवार रहेको जनाएका छन् ।

उनीहरूविरुद्ध नागरिकमाथि जानाजान आक्रमण गरेको, युद्ध र हतियारको भरमा भोकमरी निम्त्याएको र निर्दोष सर्वसाधारणको हत्या गरेको अरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved