जलवायु अनुकूलनका लागि दिगो विकासका नीति आवश्यक : मन्त्री ठकुरी

नेपालभ्युज

जलवायु अनुकूलनका लागि दिगो विकासका नीति आवश्यक : मन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु अनुकूलनका लागि दिगो विकासका नीति आवश्यक रहेको बताएका छन् ।

विश्वभरका परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’को एशिया प्रशान्त क्षेत्रीयस्तरको ३ दिने अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले यस्तो बताएका हुन् ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले भने, ‘उच्च पहाडदेखि तराईसम्मका समुदायले खाद्य सुरक्षा, पानी अभाव, र विपद् व्यवस्थापनमा चुनौती सामना गरिरहेका छन् । जलवायु अनुकूलनका लागि दीर्घकालीन योजना र दिगो विकास नीतिहरू आवश्यक छन् । यसमा स्थानीय सहभागिता र अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य छ ।’

नेपालमा जलवायु परिवर्तनका असरहरू गम्भीर रूपमा देखा परेको औँल्याउँदै हिमाली क्षेत्रका हिउँ र हिमनदीहरू द्रुत गतिमा पग्लिरहेकोले जलप्रवाहलाई नै अस्थिर बनाएको उनले बताए ।

साथै, पछिल्लो समय देखा परेको जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावले गर्दा विशेष गरी ग्रामीण जनजीवन र जैविक विविधता नै संकटमा परेको र वनस्पति तथा जीवजन्तुका प्रजातिहरू पनि जोखिममा परेको मन्त्री ठकुरीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved