रविसहित १० जनाविरुद्ध चितवन प्रहरीमा जाहेरी

नेपालभ्युज

रविसहित १० जनाविरुद्ध चितवन प्रहरीमा जाहेरी

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा जाहेरी परेको छ ।

सहारा चितवन सहकारी ठगीको आरोपमा लामिछानेसहित १० जनाविरुद्ध जाहेरी परेको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

उनीहरुले सहारा सहकारीको बचत रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप छ ।

यसअघि यही मुद्दामा गितेन्द्रबाबु राईसहित १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भइसकेको छ । ३१९ बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved