कैलाली जिसस प्रमुखमा कांग्रेसकी टिकाकुमारी चौधरी निर्विरोध निर्वाचित

नेपालभ्युज

कैलाली जिसस प्रमुखमा कांग्रेसकी टिकाकुमारी चौधरी निर्विरोध निर्वाचित

धनगढी । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसकी टिकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन् ।

प्रमुखमा उम्मेदवारी दर्ता गराएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डंगोरा थारुले उम्मेदवारी फिर्ता लिएपछि टिकाकुमारी निर्विरोध निर्वाचित भएकी हुन् ।

कांग्रेससँग सहकार्यको सहमति भएपछि नेकपा एमालेले भने उम्मेदवारी दिएको थिएन ।

बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण किशोर चौधरी, टिकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारु, नेपाली कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टलगायतका नेताको उपस्थितिमा रुपमतिले उम्मेदवारी फिर्ता लिएको कांग्रेस जिल्ला सचिव केशव मिश्रले जानकारी दिए ।

कांग्रेसले दलित र आदिवासीको प्रतिनिधित्व हुने गरी जिसस प्रमुखमा टिकाकुमारीलाई अघि बढाएको उनको भनाइ छ ।

यता सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले रुपमतिले उम्मेदवारी दर्ता फिर्ता लिएकाले नतिजा घोषणा गर्ने तयारी भइरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved