पेरूमाथि विश्वविजेता अर्जेन्टिनाको कठिन जित

नेपालभ्युज

पेरूमाथि विश्वविजेता अर्जेन्टिनाको कठिन जित

काठमाडौं । विश्वकप फुटबलको छनोटमा विश्वविजेता अर्जेन्टिनाले पेरूमाथि कठिन जित निकालेको छ ।

बुधबार बिहान घरेलु मैदान ला बोन्बोनेरामा भएको खेलमा अर्जेन्टिनाले १–० गोलअन्तरको कठिन जित निकालेको हो ।

खेलको ५५ औँ मिनेटमा लाउटारो मार्टिनेजले कप्तान लियोनल मेसीको पासमा गोल गरेका थिए ।

यस जितसँगै दक्षिण अमेरिकी विश्वकप छनोटको शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले १२ खेलबाट २५ अंक जोडेको छ । उ विश्वकप छनोटनजिक पुगेको छ ।

यता पराजित पेरू भने १० टोलीसम्मिलित छनोटको १० औँ स्थानमा छ । उसले ७ अंक मात्र जोडेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved