मन्त्रिपरिषद् बैठक स्थगित, कांग्रेस-एमाले नेताहरू छलफलमा

नेपालभ्युज

मन्त्रिपरिषद् बैठक स्थगित, कांग्रेस-एमाले नेताहरू छलफलमा

काठमाडौं । मंगलबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । के कारणले बैठक स्थगित भयो भन्ने खुलाइएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद्को बैठक स्थगित गरेर नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग छलफलमा जुटेका छन् ।

छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै परराष्ट्रमन्त्री आरजु राणा, कांग्रेस महामन्त्री गगन थापा बालुवाटार पुगेका छन् ।

बैठकमा एमालेका अध्यक्षसमेत रहेका ओली, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन् ।

बैठकमा उपनिर्वाचन, प्रधानमन्त्रीको चीन भ्रमणलगायत समसामयिक विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved