बयान सकेर कुमार रम्तेललाई फर्काइयो पोखरा, अब छवि र रविलाई ल्याइँदै

नेपालभ्युज

बयान सकेर कुमार रम्तेललाई फर्काइयो पोखरा, अब छवि र रविलाई ल्याइँदै

काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले कुमार रम्तेलको बयान सकेर पोखरा पठाएको छ ।

सरकारी वकिलको कार्यालय काठमाडौंमा आइतबार रम्तेलको बयान लिइएको थियो । कार्यालय स्रोतका अनुसार बिहान साढे १० बजेदेखि करिब पौने ४ बजेसम्म उनको बयान भएको थियो ।

स्वर्णलक्ष्मी सहकारीमा जोडिएका कुमार रम्तेललाई कास्कीबाट काठमाडौं ल्याएर बयान लिएर पुनः पोखरा पठाएको हो ।

अब पूर्वडीआईजी छविलाल जोशीलाई पनि कास्कीबाट काठमाडौं ल्याउने तयारी छ । रवि लामिछानेलाई भने छविको बयानपछि काठमाडौं ल्याउने जनाइएको छ ।

रविको पालो अर्को साता आउने जनाइएको छ । गत आइतबार जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि काठमाडौं ल्याउन लागिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved