वायुसेवा निगमको जहाज युराेपमा सि–चेक गरेर नेपाल आइपुग्यो

नेपालभ्युज

वायुसेवा निगमको जहाज युराेपमा सि–चेक गरेर नेपाल आइपुग्यो
फाइल तस्वीर ।

काठमाडौं । नेपाल वायुसेवा निगमको नाइन–यएलजेड जहाज सि–चेक गरेर सोमबार नेपाल आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी नाइन–य एलजेड (मकालु)को जहाज नियमित सि–चेकको मर्मतपश्चात् काठमाडौं आइपुगेकाे निगमका प्रवक्ता रमेश पौडेलले म‌ंगलबार जानकारी दिए ।

जहाजले युरोपेली उड्डयन सुरक्षा एजेन्सी (इएसा) र सङ्घीय उड्डयन प्रशासन (एफएए)बाट मान्यता प्राप्त इटालीको मर्मत र ओभरहाल सङ्गठनबाट अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि–चेकको मर्मतसम्भार सम्पन्न गरेर सेवामा रिलिजको प्रमाणपत्र प्राप्त गरेकाे उनले बताए ।

उनका अनुसार नियमानुसार प्रक्रिया पूरा गरी उक्त जहाज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो ।

निगमका प्रवक्ता पौडेलले युरोपेली मुलुकहरूको संगठन ईयूमा नेपाललाई सुरक्षा सूचीमा राखेको अवस्थामा पनि नेपाल वायुसेवा निगमको दुईवटै वाइडबडी जहाज युरोपको इटालीस्थित नेपल्समा मर्मतसम्भार कार्य सम्पन्न भएकाे बताए ।

उक्त जहाजसहित निगमका चारवटै जहाजहरुले निगमको अन्तर्राष्ट्रिय क्षेत्रहरुमा नियमित उडान गरेसँगै यात्रुहरुलई थप सेवा पुग्ने विश्वास गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved