लुटिए गाजामा सामान आपूर्ति गर्ने राष्ट्रसङ्घका ट्रक

नेपालभ्युज

लुटिए गाजामा सामान आपूर्ति गर्ने राष्ट्रसङ्घका ट्रक

गाजा । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घको १०९ ट्रकको समूह शनिबार गाजा प्रवेश गरेपछि ‘हिंसात्मक तरिकाले लुटिएको’ प्यालेस्टिनी शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले सोमबार जनाएको छ ।

‘इजरायली अधिकारीहरूले जनसङ्ख्याको आधारभूत आवश्यकता पूरा भएको सुनिश्चित गर्न र सहायताको सुरक्षित वितरणलाई सहज बनाउन अन्तर्राष्ट्रिय कानूनअन्तर्गत आफ्नो कानुनी दायित्वलाई बेवास्ता गरिरहेका छन्,’ गाजामा कार्यरत संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य निकाय (यूएनआरडब्लूए)ले सामाजिक सञ्जाल एक्समा भनेको छ, ‘ट्रकहरू गाजा पट्टीमा प्रवेश गर्नेबित्तिकै आवश्यक क्षेत्रमा वितरणका लागि पठाइने छ । शरणार्थीको बाँच्न पाउने अधिकारका लागि कार्यरत निकायले जिम्मेवारीहरूलाई जारी राखिरहने छ ।’

आटाको चरम अभावका कारण देइर अल बलाह र खान युनिसमा संयुक्त राष्ट्रसङ्घको सहयोगप्राप्त आठवटै भण्डार हप्तौंदेखि कम क्षमतामा सञ्चालन भइरहेको र धेरै पूर्ण रूपमा बन्द गर्न बाध्य भएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ ।

‘तत्काल हस्तक्षेप नगरेमा खाद्यान्नको गम्भीर अभाव अझ विकराल हुने निश्चित छ र यसले बाँच्नका लागि मानवीय सहायतामा निर्भर रहेका २० लाखभन्दा बढी मानिसको जीवनलाई थप खतरामा पार्नेछ, विज्ञप्तिमा भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved