पशुपति आर्यघाटमा दमननाथ ढुङ्गानाको अन्तिम बिदाइ (तस्वीरहरू)

पशुपति आर्यघाटमा दमननाथ ढुङ्गानाको अन्तिम बिदाइ (तस्वीरहरू)

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाको सम्मानमा सलामी अर्पण गरेको थियो । ढुङ्गानाको पार्थिव शरीरमा उनका छोराहरुले दागबत्ती दिएका छन् ।

पूर्वसभामुख ढुङ्गानाका सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो ।

सोमबार दिउँसो ज्ञानेश्वरस्थित सानो गौचरणमा श्रद्धाञ्जली दिएपछि ढुङ्गानाको पार्थिव शरीर पशुपति लगिएको थियो ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved