काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलअन्तर्गतको खेलमा फ्रान्सले इटालीसँग बदला लिएको छ । गत सेस्टेम्बर ६ मा घरेलु मैदानमा भोगेको हारको बदला लिएको हो ।
सो बेला फ्रान्स इटालीसँग घरमै ३–१ गोलअन्तरले पराजित भएको थियो । आइतबार राति फ्रान्सले त्यसैको बदला लिने क्रममा इटालीलाई उसकै घरमा हराएको छ । संयोगवश गोल अन्तर पनि ३–१ को नै रहेको छ ।
मिलानस्थित सान सिरोमा भएको खेलको दोस्रो मिनेटमै एड्रियन राबिओटले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । खेलको ३३ औँ मिनेटमा इटालीका गुल्लिएल्मो भिकारियोले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता दोब्बर बनायो ।
खेलको ३३ औँ मिनेटमा गोल गर्दै आन्द्रेई काम्बियासोले इटालीलाई खेलमा फर्काउने कोसिस गरे । तर पुन: राबिओटले नै ६५ औँ मिनेटमा गोल गरेपछि खेल फ्रान्सले ३–१ ले जित्यो ।

यस जितले फ्रान्स लिग ‘ए’को समूह २ बाट विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको छ । उसको १३ अंक छ । समान अंक हुनका बाबजुद गोलअन्तरमा पछि पर्दै इटाली समूहमा दोस्रो बनेको छ । यद्यपि उ पनि क्वार्टरफाइनलमा पुगेको छ ।
यो समूहमा ४ अंकसहित तेस्रो स्थानमा रहेको बेल्जियमले रेलिगेसन प्ले अफ खेल्नेछ । समान अंक हुनका बाबजुद गोलअन्तरमा पछि परेपछि इजरायल भने रेलिगेसनमा परेको छ ।
Facebook Comment
Comment