माधव नेपाल र रुसी कम्युनिस्ट नेताबीच भेटवार्ता, सहयोग आदानप्रदानलगायत विषयमा छलफल

भेटवार्तामा एकापसमा सहकार्य तथा सहयोग आदानप्रदान, दुवै मुलुकको राजनीतिक, आर्थिक विकास, सामाजिक रुपान्तरण, सांस्कृतिक आदानप्रदानलगायतका विषयमा छलफल भएको एकीकृत समाजवादी विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिए ।

नेपालभ्युज

माधव नेपाल र रुसी कम्युनिस्ट नेताबीच भेटवार्ता, सहयोग आदानप्रदानलगायत विषयमा छलफल

काठमाडौं । नेकपा एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र रसियन कम्युनिस्ट पार्टी (सीपीसीआर)का अध्यक्ष सर्गेई मालिन्कोबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा एकापसमा सहकार्य तथा सहयोग आदानप्रदान, दुवै मुलुकको राजनीतिक, आर्थिक विकास, सामाजिक रुपान्तरण, सांस्कृतिक आदानप्रदानलगायतका विषयमा छलफल भएको एकीकृत समाजवादी विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिए ।

भेटवार्तामा पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, विदेश विभाग सचिव डा खतिवडालगायत नेताको सहभागिता रहेको थियो । एकीकृत समाजवादीको विदेश विभागको निमन्त्रणामा साताव्यापी नेपाल भ्रमणमा रहेको उक्त प्रतिनिधिमण्डलले रुस भ्रमणको निमन्त्रणासमेत दिएको विदेश विभाग सचिव डा खतिवडाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved