लाजिम्पाटमा व्यवसायीमाथि आक्रमण गरेर भाग्ने झापाबाट पक्राउ, दुईजना अझै फरार 

नेपालभ्युज

लाजिम्पाटमा व्यवसायीमाथि आक्रमण गरेर भाग्ने झापाबाट पक्राउ, दुईजना अझै फरार 
प्रतिकात्मक स्केच

काठमाडौं । कात्तिक ११ गते लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा नुवाकोटको ककनी गाउँपालिका–६ का घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा निश्चल सुनार छन् । उनलाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

चार जनाको समूहले आक्रमण गरेको बताइए पनि दुई जना अझै फरार छन् । एकजना ‘मार्शल’ भनिने शैलेन्द्र तामाङलाई प्रहरीले घटना भएकै दिन पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार आक्रमणमा चारजना भएपनि योजना बुन्ने अरु पनि थिए । अजय लामा, निश्चल सुनार र दीपक बरामु घटनामै आक्रमणमै संलग्न थिए । अजय र दीपक पक्राउ पर्न बाँकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved