नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

नेपालभ्युज

नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

काठमाडौं । काठमाडौंसहित देशका केही ठाउँमा नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ ।

कम्पनीको मोबाइल सेवा अन्तर्गतका प्रिपेड तथा पोस्टपेडको फोन बिहान ११ बजे केहीबेर अवरुद्ध भएको हो ।

नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको भन्दै सामाजिक सञ्जालमा उपभोक्ताहरुले गुनासो गरिरहेका छन् ।

सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ता समस्यामा परेका छन् । सेवा अहिले भने सुरु भइसकेको छ ।

टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी दिएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved