ज्ञानेन्द्र मल्लको दाबी – एनपीएल कर्णाली याक्सले जित्छ

नेपालभ्युज

ज्ञानेन्द्र मल्लको दाबी – एनपीएल कर्णाली याक्सले जित्छ

सुर्खेत । कर्णाली याक्सका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लले नेपाल प्रिमियम लिग (एनपीएल)को उपाधि जित्ने दाबी गरेका छन् ।

शुक्रबार कर्णाली प्रदेशको राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मल्लले एनपीएलको उपाधि कर्णाली याक्सले जित्ने दाबी गरेका हुन् ।

एनपीएल जितेर कर्णाली परिक्रमा गर्ने लक्ष्य आफूहरूको रहेको उनले बताए । उनले भने, ‘सिरिज जित्नेछौँ, फेरि कर्णालीमा आउनेछौँ, कर्णाली परिक्रमा गर्नेछौँ । हाम्रो लक्ष्य उपाधि हो, त्यहीअनुसार तयारी गरिरहेका छौँ ।’

कर्णाली याक्समा मार्की खेलाडी सोमपाल कामीसहितको टिम बिहीबारदेखि सुर्खेतमा छ ।

मुख्य प्रशिक्षक मल्लले भारतीय खेलाडी शिखर धवन कर्णाली याक्समा आबद्ध हुँदा कर्णालीको चर्चा राष्ट्रिय तथा अन्तर्राष्ट्रियमा भइरहेको बताए । उनले धवनको आगमनसँगै कर्णाली थप मजबुत भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved