बाल यौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको आरोपमा एक जना पक्राउ

नेपालभ्युज

बाल यौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । बाल यौन दुर्व्यवहारको सामग्री प्रशारण गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का २४ वर्षीय अमन प्रताप हरिजनलाई पक्राउ गरेको हो ।

नवलपरासीबाट बिहीबार पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

उनीमाथि प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved