नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु

नेपालभ्युज

नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु

काठमाडौं । नेपालले बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ ।

ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअलमार्फत् संयुक्त रुपमा उद्घाटन गर्दै विद्युत निर्यातको औपचारिक सुरु गरेका हुन् ।

शुक्रबार करिब ११ घण्टामात्रै बिजुली बिक्री गर्दा ३८ लाख ३२ हजार ४ सय रुपैयाँ आम्दानी हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved