काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई शुक्रबार मात्र पोखरा पठाइने भएको छ । लामिछानेलाई प्रहरीले बुद्ध एयरमार्फत आज साँझ पठाउने तयारी गरेपनि ढिलो भएपछि भोलि पठाउने भएको हो ।
बयान सकिए पनि त्यसलाई प्रमाणीकरण गराउँदा राति अबेर भएपछि उनलाई शुक्रबार मात्र पोखरा पठाइने भएको एक प्रहरी अधिकृतले जानकारी दिए । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मंगलबार बयानका लागि रुपन्देही पुर्याइएका लामिछानेको बिहीबार साँझ बयान सकिएको हो ।
बयानका क्रममा लामिछानेसँग ७० भन्दा बढी लिखित प्रश्न सोधिएको र उनले इन्कारी बयान दिएको बताइएको छ । उनीसँग सरकारी वकिलको कार्यालय रुपन्देहीले पहिलो दिन मौखिक र बुधबारदेखि लिखित बयान लिएको थियो ।
सहकारी ठगीको आरोपमा उनलाई २ कात्तिकमा रास्वपा पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको थियो । प्रहरीले उनीमाथि सहकारी ठगी, संगठित अपराधका साथै सम्पत्ति शुद्बीकरणको कसुरमा समेत अनुसन्धान गरिरहेको छ ।
संसदीय विशेष छानबिन समितिले सुप्रिम सहकारीको रकम समेत गोर्खा मिडियामा ल्याएर अपचलन गरेको भन्दै उनीसहितका व्यक्तिलाई कारबाही सिफारिस गर्दै प्रतिवेदन बुझाएको थियो ।
Facebook Comment
Comment