काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भैरहवामा जारी बुधबारको बयान सकिएको छ ।
बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको आरोपमा रुपन्देही लगिएका उनको बुधबार जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा दोस्रो दिनको बयान सकिएको हो ।
रविलाई बयानका लागी कास्कीबाट रुपन्देही लगिएको थियो । उनीसँग मंगलबारबाट लिइएको बयान बिहिबार पनि जारी रहने जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले बताइएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीहरु लगायतको उपस्थितिमा उनको बयान लिइएको हो ।
उनीसँग आज करिब ९ घण्टा बयान लिइएको र अझै नसकिएको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका प्रमुख न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।
रविलाई रुपन्देही लगिएसँगै रास्वपा र सहकारी पीडित दुवै पक्षले दिनभर प्रदर्शन जारी राखेका छन् ।
Facebook Comment
Comment