देउती बज्यै मन्दिरकी मूल पुजारी झुण्डिएको अवस्थामा मृत फेला

मूल पुजारी राजी झुण्डिएर भुइँमा बसेको अवस्थामा मृत भेटिएकी छिन् । डोरी टाँगेको ठाउँ पनि उनीजति अग्लो पनि छैन । यसैले स्थानीयले यसलाई शंकास्पद घटनाको रुपमा बुझेको पाइएको छ ।

नेपालभ्युज

देउती बज्यै मन्दिरकी मूल पुजारी झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित देउती बज्यै मन्दिरकी मूल पुजारी सरस्वती राजी झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन् ।

उनी बुधवार बिहान मन्दिरको ढोकामै मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अजय डाँगीले नेपाल भ्युजलाई जानकारी दिए ।

मूल पुजारी राजी झुण्डिएर भुइँमा बसेको अवस्थामा मृत भेटिएकी हुन् । डोरी टाँगेको ठाउँ उनीजति अग्लो पनि छैन । यसैले स्थानीयले यसलाई शंकास्पद घटनाको रुपमा बुझेको पाइएको छ ।

प्रहरी निरीक्षक डाँगीले भने प्रारम्भिक अनुसन्धानबाट आत्महत्या नै भएको हुन सक्ने खुलेको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved