सहकारीको रकम अपचलन प्रकरण : रुपन्देहीमा आज पनि रविको बयान

नेपालभ्युज

सहकारीको रकम अपचलन प्रकरण : रुपन्देहीमा आज पनि रविको बयान

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान रुपन्देहीमा आज (बुधबार) पनि लिइने भएको छ ।

मंगलबार बयान नसकिएकाले आज पनि उनको बयान लिन लागिएको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई बयानका लागि मंगलबार कास्कीबाट रुपन्देही लगिएको थियो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई बयान सकिएपछि मात्रै कास्की पठाइने रुपन्देही प्रहरीले जनाएको छ ।

मंगलबार पहिलो दिन साँझसम्मै सरकारी वकिल कार्यायलमा बयान लिइएको र नसकिएकाले आज पुनः बयान लिइने रुपन्देही प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिइन् ।

सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम पुगेको विषयमा अनुसन्धानका लागि उनलाई रुपन्देही लगिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved