प्रहरीलाई झुक्याउन मोबाइल अन्तै पठाएर काठमाडौंमै लुकिरहेका थिए मनाङे

नेपालभ्युज

प्रहरीलाई झुक्याउन मोबाइल अन्तै पठाएर काठमाडौंमै लुकिरहेका थिए मनाङे

काठमाडौं । गण्डकी प्रदेशका सांसद र पूर्वमन्त्री राजिव गुरूङ (दीपक मनाङे) मंगलबार काठमाडौंको सितापाइलास्थित कम्फर्ट हाउजिङमा आफन्तको घरमा लुकीलुकी बास बसेका थिए ।

खाना खाएर आराम गरिरहेका उनी साढे १० बजे त्यहाँबाट निस्कने तयारीमा थिए । सोही बेलामा घरको गेटमा ढकढकाएको आवाज सुनियो ।

‘हामी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली हौँ,’ भनिएपछि घरकी महिलाले ढोका खोल्न रोक्ने प्रयास गरिन् । सीआईबीको टोलीले सर्च वारेन्ट देखाउँदै घरभित्र प्रवेश गर्यो ।

मनाङे सोफामा उपर खुट्टा राखेर आराम गर्दै थिए । प्रहरी टोलीलाई देखेपछि उनी झटपट खुट्टा झार्दै अगाडि आए र भने, “किन आएको ? म आफैं आइहाल्थे नि!”

प्रहरीका अनुसार उनी यसो भने पनि केही समय ढिलो भएको भए मनाङे फरार हुन सक्थे ।

सर्वोच्च अदालतको फैसाले मनाङेलाई ५ वर्ष कैद तोकेको थियो र त्यसको आधारमा सीआईबी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गर्न परिचालन गरेका थिए ।

सर्वोच्चको आदेशपछि मनाङेले मोबाइल बन्द गरेर त्यसको लोकेशन झुक्याउन बाहिर पठाएका थिए, जसले प्रहरीलाई भ्रमित गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved