सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

नेपालभ्युज

सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ ।

मंगलबार सुदूरपश्चिमले पहेँलो रंगको जर्सी सार्वजनिक गरेको हो । मार्की खेलाडी दीपेन्द्र सिंह ऐरीको ४५ नम्बरको जर्सी ड्रोनले मञ्चसम्म ल्याएको थियो ।

सुदूरपश्चिमको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । सुदूरपश्चिमकोविदेशी खेलाडीमा यूएईका रोहन मुस्ताफा, न्युजिल्यान्डका स्कट कुगेलेइन, इंग्लिस क्रिकेटर सेफ अली जेब र स्कटल्यान्डका ब्रान्डन म्याकमुलेनलाई अनुबन्ध गरिसकेको छ ।

यस्तै, प्रमुख मेन्टरमा अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हगलाई नियुक्त गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved