शाहरूखलाई धम्की दिने व्यक्ति पक्राउ

नेपालभ्युज

शाहरूखलाई धम्की दिने व्यक्ति पक्राउ

काठमाडौं । नोभेम्बर ५ मा बलिउड अभिनेता शाहरूख खानलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन् ।

अभिनेताको टोलीले धम्की दिने व्यक्तिविरूद्ध बान्द्रा प्रहरी चौकीमा उजुरी दिएको थियो । त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

उनलाई धम्की दिइएको नम्बर रायपुरमा बस्ने वकिल फैजान खानको नाममा दर्ता भएको पाइएको थियो ।

रिपोर्टका अनुसार मुम्बई पुलिसका सीएसपी अजय सिंह र उनको टोली मंगलबार बिहान ट्रान्जिट रिमान्ड लिएर रायपुर पुगेका थिए ।

फैजानलाई उनको घरबाट पक्राउ गरिएको हो । उनलाई आज अदालतमा पेश गरिनेछ ।

आजतक रिपोर्टका अनुसार पुलिस धम्की पाएको केही दिनपछि फैजान खान पुगेको थियो, यद्यपि उनले नोभेम्बर १४ मा बयान रेकर्ड गर्न मुम्बई आउने बताएका थिए ।

फैजानले प्रारम्भिक बयानमा भनेका थिए, ‘जुन नम्बरबाट शाहरूखलाई धम्की दिइएको थियो, त्यो नम्बर उनको हो तर, धम्की दिनुभन्दा ३/४ दिनअघि नै नोभेम्बर २ मा उनको मोबाइल चोरी भएको थियो ।’

धम्कीमा भनिएको थियो – म शाहरूखलाई मार्नेछु

बान्द्रा थानामा एक अपरिचित नम्बरबाट फोन आएको थियो । यसमा फोन गर्नेले धम्की दिँदै भनेका थिए, ‘म ब्यान्ड स्ट्यान्डका शाहरूखलाई मारिदिन्छु । ५० लाख नदिए शाहरूख खानलाई मारिदिन्छु ।’

फोन गर्नेलाई उनको नाम सोध्दा जवाफ आएको थियो– मलाई केही फरक पर्दैन, मेरो नाम हिन्दुस्तानी हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved