हरिबोधिनी एकादशीको विशेषता : नदी वारपार तोरण (तस्वीरहरू)

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना भगवान् विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज (मंगलबार) दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।

हरिबोधिनी एकादशीको विशेषता : नदी वारपार तोरण (तस्वीरहरू)

काठमाडौं । हरिबोधिनी एकादशी सबैभन्दा ठूलो एकादशी हो । यसैले यसलाई ठूली एकादशी पनि भनिन्छ । यस दिन नदी वारपार तोरण टाँगिन्छ । यस धार्मिक महत्वलाई गहिरो अर्थमा लिइन्छ ।

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना भगवान् विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज (मंगलबार) दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।

हरिबोधिनी एकादशीलाई विष्णुको निन्द्राबाट जागृत हुने दिन मानिन्छ । यो दिन भगवानको पूजा–आराधना गरी व्रत बस्नु र यस्ता प्रतीकात्मक क्रियाकलापमा सहभागी हुनुले धार्मिक तथा सांस्कृतिक पक्षलाई सम्मान पुग्ने विश्वास छ ।

तोरण लगाउनुको अर्थ भगवानको शक्तिमा आश्रित भई सम्पूर्ण दुःख–कष्टबाट मुक्ति प्राप्त गर्नु र पापको नाश गर्दै पुण्य आर्जन गर्नु हो । तोरणलाई स्वर्गको प्रतीक मानिन्छ र यसलाई सजाएर नदी वारपार टाँग्दा आत्मिक शुद्धता प्राप्त गर्न सकिने विश्वास रहिआएको छ ।

आज हरिबोधिनी एकादशीको दिन काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा पनि तोरण टाँगिएको छ ।

हेरौँ तस्वीरमाः


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved