सिंहदरबारभित्रै कर्मचारी आन्दोलित

नेपालभ्युज

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित

काठमाडौं । सिंहदरबारभित्र नेपाल प्रशासन सेवाका कर्मचारीले सर्वोच्च अदालतको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जानुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका छन् ।

आइतबार प्रशासन सेवाका कर्मचारीहरूले ‘प्रशासन सेवा बचाउ अभियान’ नै बनाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्नासमेत दिएका छन् ।

नेपाल विविध सेवा अर्थात् प्राविधिक सेवाका कर्मचारीहरूले २०७५ सालमा आफूहरूलाई अप्राविधिक सेवातर्फ समायोजन र बढुवा गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले गत ३२ असोजमा विविध समूहका कर्मचारीहरू प्रशासन सेवामा समायोजन र स्वतः बढुवा हुने फैसला गरेको छ । यसले विविध सेवामा विभिन्न तहमा रोकिएको वृत्ति विकासको बाटो खुला हुने अवस्था आएको छ ।

लोकसेवा आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सर्वोच्चमा उक्त रिट बदरभावी भएको जवाफ पठाएका थिए । तर विविध समूहका कर्मचारीको माग अनुसार आदेश जारी भएपछि प्रशासन सेवाका कर्मचारीले सर्वोच्चको आदेशविरुद्ध पुनरावेदन निवेदन दिनुपर्ने माग गर्दै आन्दोलन गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved