अमेरिकाका सबै राज्यको नतिजा सार्वजनिक, स्विङ स्टेटमा ट्रम्पको क्लिन स्विप

नेपालभ्युज

अमेरिकाका सबै राज्यको नतिजा सार्वजनिक, स्विङ स्टेटमा ट्रम्पको क्लिन स्विप

काठमाडौं । अमेरिकाको राष्ट्रपतीय चुनावमा सबै राज्यका इलेक्ट्रोरल कलेजको नतिजा सार्वजनिक भएको छ । डोनाल्ड ट्रम्पले अमेरिकाको अन्तिम स्विङ स्टेट एरिजोनामा पनि जित हासिल गरेका छन् ।

यससँगै उनले सबै ७ स्विङ स्टेटमा जितेका छन् । ४ दिनको मतगणना पश्चात रिपब्लिकन पार्टीका ट्रम्पले ३१२ इलेक्टोरल कलेज भोट प्राप्त गरेका छन् ।

डेमोक्रेट्स पार्टीका कमला ह्यारिसले भने २२६ इलेक्टोरल भोट प्राप्त गरिन् । अमेरिकाको राष्ट्रपति चुनावमा कुल ५३८ इलेक्टोरल भोट निर्धारण गरिएको थियो ।

बहुमतका लागि २७० भोट आवस्यक भए पनि ट्रम्पले त्योभन्दा निकै धेरै ल्याएका हुन् । उनले विगतमा रिपब्लिकनले जितिरहेका राज्यसँगै अघिल्लो पटक बाइडनले जितेका ६ वटा राज्य पनि खोसेका छन् ।

यसैबीच बुधबार ओभल अफिसमा ट्रम्प र राष्ट्रपति जो बाइडनबीच शिष्टचार भेट हुने तालिका रहेको छ । चुनावपछि ट्रम्प र बाइडनको यो पहिलो भेट हुनेछ ।

निवर्तमान र नवनिर्वाचित राष्ट्रपतिहरू बीचको बैठकलाई परम्परागत मानिदै आएको छ ।

बाइडनले ट्रम्पलाई बोलाए ह्वाइट हाउस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved