काठमाडौं । एस्टन भिल्लामाथि सहज जित निकालेसँगै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा अग्रता कायम राख्न सफल भएको छ । शनिबार राति भएको खेलमा लिभरपुलले भिल्लामाथि २–० गोलअन्तरको सहज जित निकालेको हो ।
घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डार्विन नुनेज र मोहम्मद सलाहले एक–एक गोल गरे ।
खेलको २०औं मिनेटमा नुनेजको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । उनले सलाहको पास सदुपयोग गरेका हुन् ।
खेलको ८४औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सहज जित दिलाए ।
शीर्ष स्थानको लिभरपुलले ११ खेलबाट २८ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा पाँच अंकले अगाडि छ ।
पराजित भिल्ला समान खेलबाट १८ अंकका साथ आठौं स्थानमा छ ।
यता साविक विजेता सिटी भने अग्रता जोगाउन नसक्दा ब्राइटन एन्ड होभ अल्बियनसँग स्तब्ध बनेको छ ।
Facebook Comment
Comment