काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी अग्रता जोगाउन नसक्दा ब्राइटन एन्ड होभ अल्बियनसँग स्तब्ध बनेको छ ।
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा सिटी तुलनात्मक सानो टोली ब्राइटनसँग २–१ गोलअन्तरले पराजित भएको हो ।
ब्राइटनको मैदानमा भएको खेलमा अर्लिङ हालान्डले २३औं मिनेटमा नै गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको अन्तिम १२ मिनेटमा ब्राइटनले दुई गोल गर्यो । ब्राइटनका लागि दुवै गोल वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका खेलाडीले गरेका थिए ।
खेलको ७८औं मिनेटमा जाओ पेड्रोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । पेड्रोकै पासमा म्याट ओ’रिलेले गोल गर्दा ब्राइटनलाई पुनरागमन जित निकाल्न सफल भएको हो ।
पछिल्लो समय लय गुमाइरहेको सिटीको प्रिमियर लिगमा यो लगातार दोस्रो हार हो । सिटी यसअघि बर्नमाउथसँग पराजित भएको थियो । पछिल्लो समय सिटीले लय गुमाइरहेको छ । च्याम्पियन्स लिगमा पनि पोर्चुगिज क्लब सिटी स्पोर्टिङसँग पराजित भएको थियो ।
जितपछि ब्राइटन ११ खेलबाट १९ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट २३ अंक रहेको सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी घटाउने अवसर गुमाएको छ ।
Facebook Comment
Comment