सेल दराज ११.११ आयोजना हुँदै, सामान खरिदमा ८० प्रतिशतसम्म छुट

नेपालभ्युज

सेल दराज ११.११ आयोजना हुँदै, सामान खरिदमा ८० प्रतिशतसम्म छुट

काठमाडौं । नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले आफ्नो बहुप्रतिक्षित सेल दराज ११.११को आयोजना गर्ने भएको छ । नेपालमा वर्षकै ठुलो सेलका रूपमा परिचित दराज ११.११ यस वर्ष, नोभेम्बर ११ देखि २१ सम्म आयोजना हुने भएको हो ।

बहुप्रतिक्षित यस सेलमा थप आकर्षण थप्न यस वर्ष फ्ल्याश सेलमार्फत ८० प्रतिशतसम्म छुट, देशभर निःशुल्क डेलिभरी सुविधा, र ३ करोड रुपैयाँ सम्मका भौचरहरूका साथै अविश्वसनीय छुट लगायत सुविधाहरूसमेत उपलब्ध हुनेछन् ।

‘ग्राहकहरूको वर्ष भरीको प्रतीक्षालाई सार्थक पार्ने सोचका साथ यस वर्षको दराज ११.११ सेलमार्फत हामीले हाम्रा ग्राहकहरूलाई अद्वितीय किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएका छौँ ।’ दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले बताए ।

विविध सामग्रीहरूका विस्तृत शृङ्खला र ब्राण्डेड उत्पादनहरू मध्य विशाल छनौटको अवसरसँगै, दराज ११.११ किनमेलको लागि एक अतुलनीय गन्तव्य हो ।

यस वर्षको दराज ११.११ सेलका लागि दराज नेपालले सात ओटा डाइमन्ड ब्रान्ड पार्टनरहरू राखेको छ, जसमा सेटाफिल, रोहोतो मेन्थोलाटम, मसलब्लेज, जुभारा, बोट, एडिडास, र बाल्ट्रा समावेश छन् ।

प्लेटिनम पार्टनरहरूमा टेक्नो, परफेट्टी, ग्रीनलाइफ एक्स्पिरियन्स, एंकर्स, डा. शेत, र एवीबी रहेका छन् । साथै, गोल्ड ब्रान्ड पार्टनरहरूमा भ्यान्स, मुनस्टार, अस्तावुल्फ, ईप्लाजा, मामाअर्थ, पिलग्रिम, र जेब्रोनिक्स रहेका छन् ।

यसै गरी, दराजले १० ओटा बैंक र २ ओटा वालेट पार्टनरहरूसँग मिलेर ११.११ सेलमा प्रिपेमेन्ट मार्फत २५०० रुपैयाँसम्मको छुटहरू प्रदान गर्ने व्यवस्था पनि गरेको छ । यी बैंकका डेबिट कार्डहरूमार्फत डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकहरूले १५ प्रतिशत छुट, अधिकतम २००० रुपैयाँसम्म, प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ ।

साथै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत छुट, अधिकतम २५०० रुपैयाँसम्म प्राप्त गर्न सक्ने जनाएको छ ।

यस अभियानमार्फत दैनिक रूपमा ११, १११ र ११११ रुपैयाँका डिलहरू पनि सेलमा रहनेछन् । खरिदकर्ताहरूले ६९९, ९९९, १९९९ र २९९९ रुपैयाँभन्दा कममा उत्कृष्ट डिल्स पाउन सक्नेछन् ।

साथै, दराज ११.११ सेल अवधिभर कम्तीमा ३५०० रुपैयाँको सामग्री खरिद गर्ने एक भाग्यशाली खरिदकर्ताले प्यानासोनिकको ३५०००० रुपैयाँ मूल्य बराबरको घरायसी सामग्रीको सेट जित्न सक्नेछन् ।

थप पाँच जना ग्राहकहरूले कामाख्या डेकोर, बागमती प्लास्टिक्स, सेटाफिल, मामाअर्थ, र जिना अल्केमीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरु पनि जित्न सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved