छठको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– सूर्यलाई प्राचीन समयदेखि नै इष्टदेवका रूपमा पुजिँदै आएको छ

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सबैमा शुभकामना व्यक्त गर्दै प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको र सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको मापन सुरु भएको बताएका छन् ।

नेपालभ्युज

छठको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– सूर्यलाई प्राचीन समयदेखि नै इष्टदेवका रूपमा पुजिँदै आएको छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गरी मनाइने पर्व छठका अवसरमा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत सबैमा शुभकामना व्यक्त गर्दै प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको र सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको मापन सुरु भएको बताएका छन् ।

पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई इष्टदेवका रूपमा पुज्दै आएको पनि उनले स्मरण गरेका छन् ।

‘सूर्यको उपासना गरी मनाइने छठ पर्व, आज प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको छ, सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको मापन सुरु भयो,’ प्रधानमन्त्री ओलीले फेसबूकमा लेखेका छन्, ‘हाम्रा पुर्खाले प्राचीन समयदेखि नै सूर्यलाई आदिदेवका रूपमा पूजा गर्दै आएका छन्, सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठको अवसरमा सबैलाई शुभकामना ।’

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई ‘सँझिया अर्घ’ दिइँदै

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved