पुण्य गौतममाथि आक्रमण गर्ने दुर्गा प्रसाईंका कार्यकर्ता जेल चलान, हमलाको लागि कबोल पैसा नपाएको बयान

पुन्य गौतमलाई हमला गरेबापत एक लाख रुपैयाँ पाउने सर्त भएकोमा बाँकी पैसा नपाएको भन्दै टाँसी लामा भनिने सञ्जीव तामाङले गुनासो गरेका छन् । उनीहरू दुर्गा प्रसाईंको अभियानका सदस्य भए पनि माथिको आदेशमा घटना नभएको दाबी गरेका छन् ।

नेपालभ्युज

पुण्य गौतममाथि आक्रमण गर्ने दुर्गा प्रसाईंका कार्यकर्ता जेल चलान, हमलाको लागि कबोल पैसा नपाएको बयान

काठमाडौं । सामाजिक अभियन्ता पुण्य गौतममाथि आक्रमण गर्ने दुईजना ज्यान मार्ने उद्योगमा जेल चलान भएका छन् ।

काभ्रेपलान्चोक तिमाल घर भई भक्तपुरको च्यामासिहं बस्ने ३० वर्षीय टाँसी लामा भनिने सञ्जीव तामाङ र रसुवा नवकुण्ड गाउँपालिका–५ घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने ४१ वर्षीय मिलन भनिने दिलबहादुर गङदान पुर्पक्षको लागि जेल चलान भएका हुन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरूविरुद्ध पाँच वर्ष जेल सजायको माग दाबी गरेको छ ।

बुधबार जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसको क्रममा न्यायाधीश उमानाथ गौतमको इजलासले अभियुक्तहरूलाई प्राप्त प्रमाणका आधारमा पुर्पक्षमा थुनामा राख्न आदेश दिएको हो । अन्तिम फैसला भने अर्को पेशीमा हुनेछ ।

मिलन भनिने दिलबहादुर गङदानले निर्देशन दिएपछि टाँसी लामा भनिने सञ्जीव तामाङले पुण्य गौतमलाई आक्रमण गरेका थिए । उनीहरु ‘भाइरल म्यान दुर्गा प्रसाईं’को अभियानका सदस्य हुन् । उनीहरूविरुद्ध मुद्दा चले पनि दुर्गा प्रसाईंविरुद्ध भने अनुसन्धान भएन ।

२१ असोजमा भएको आक्रमणमा घटनास्थलमा अभियुक्तको टोपी समेत भेटिएको थियो । साथै प्रहार गरिएको रड समेत बरामद भएको थियो ।

रडको प्रहारले गौतमको टाउकोमा गहिरो चोट लागेको थियो । उनलाई तत्काल स्थानीयले नेपाल मेडिकल कलेज, जोरपाटी पुर्‍याएका थिए । आइसीयुमा राखेर उपचार भएको उनको टाउकोमा दर्जन बढी टाँका लगाइएको छ ।

प्रहरीसँगका बयानमा टाँसी लामा भनिने सञ्जीव तामाङले मिलन भनिने दिलबहादुर गङदानबाट १० हजार रुपैयाँ अग्रिम पाएको, ४० हजार रुपैयाँ घटना भएपछि पाएको र बाँकी पाउन बाँकी रहेको बताएका छन् ।

पुन्य गौतमलाई हमला गरेबापत एक लाख रुपैयाँ पाउने सर्त भएकोमा बाँकी पैसा नपाएको भन्दै टाँसी लामा भनिने सञ्जीव तामाङले गुनासो गरेका छन् । उनीहरु दुर्गा प्रसाईंको अभियानका सदस्य भए पनि माथिको आदेशमा घटना नभएको दाबी गरेका छन् । आफैँ मिलेर योजना बनाएको जिकिर गरेका छन् । उनीहरूले अदालतमा भने इन्कारी बयान दिएका छन् ।

पुण्य गौतममाथि रड प्रहार, टाउको फुटेपछि आइसीयूमा (भिडिओ)

पुण्य गौतममाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ

दुई दिनसम्म निगरानी गरेपछि आक्रमणकारीले पुण्य गौतमलाई हानेका थिए रड, को थिए उनी ?

आक्रमणपछि पुण्य गौतमको दृष्टि धमिलो स्मरण शक्ति पनि कमजोर, गराए प्रधानमन्त्रीको ध्यानाकर्षण


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved