काठमाडाैं । युरोपियन च्याम्पियन्स लिग फूटबलमा इंग्लिस क्लब लिभरपुलले फराकिलो जित निकालेको छ । मंगलवार राति भएको खेलमा लिभरपुलले जर्मन क्लब बायर लेभरकुसनमाथि ४–० गोल अन्तरको फराकिलो जित निकालेको हो ।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई सहज जित दिलाउन लुइस डियासले ह्याट्रिक गरे । लिभरपुलका चारवटै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।
खेलको ६१ औं मिनेटमा डियासले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोले ६३ औं मिनेटमा अग्रता दोब्बर बनाए ।
यसपछि डियाजले ८३ औं र अतिरिक्त समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । यस जीतले लिभरपुल १२ अंकसहित लिगको शीर्ष स्थानमा कायमै छ ।
च्याम्पियन्स लिगकै अन्य खेलमा ठूला क्लबहरू रियल म्याड्रिड र म्यानचेस्टर सिटीले लज्जास्पद पराजय ब्यहोरेका छन् ।
मंगलबार राति नै भएको खेलमा इङ्लिस क्लब सिटी पोर्चुगिज क्लब स्पोर्टिङ सीपीसँग ४–१ गोल अन्तरको लज्जास्पद पराजय भोग्न बाध्य भयो । यस्तै रियल साविक विजेता एसी मिलानसँग ३–१ गोल अन्तरले स्तब्ध बनेको हो ।
Facebook Comment
Comment