काठमाडौं– युरोपियन च्याम्पियन्स लिग फूटबलमा ठूला क्लबहरू रियल म्याड्रिड र म्यानचेस्टर सिटीले लज्जास्पद पराजय ब्यहोरेका छन् ।
मंगलबार राति भएको खेलमा इङ्लिस क्लब सिटी पोर्चुगिज क्लब स्पोर्टिङ सीपीसँग ४–१ गोल अन्तरको लज्जास्पद पराजय भोग्न बाध्य भयो । यस्तै रियल साविक विजेता एसी मिलानसँग ३–१ गोल अन्तरले स्तब्ध बनेको हो ।
स्पोर्टिङ सिटीमाथि पुनरागमन जित निकाल्न सफल भएको हो । उसको जितमा भिक्टोर ग्योकेरेसले ह्याट्रिक पूरा गरे । उनले खेलको ३८, ४९ र ८०औं मिनेटमा गोल गरेका हुन् । म्याक्सिमिलियानो अरौजोले एक गोल थपेका थिए ।
यसअघि खेलको चौथो मिनेटमै फिल फोडेनले गोल गर्दै खेलमा अग्रता बनाएका थिए । तर स्ट्राइकर एर्लिङ हालान्डले पेनाल्टी मिस गरेका थिए । ह्यान्डबलपछि पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गर्न सकेनन्। उनले ६९औं मिनेटमा प्रहार गरेको बल क्रसबारमाथिबाट बाहिरिएको थियो । यो सिटीको लज्जास्पद हारका लागि एउटा कारण बन्यो
हारपछि सिटीले चौथो स्थानमा उक्लने अवसर गुमाएको छ । चार खेलबाट ७ अंक जोडेको सिटी छैटौँ स्थानमा छ । स्पोर्टिङ भने दोस्रो स्थानमा उक्लिन सफल भएको छ । तीन खेल जितेको उसको १० अंक छ ।
यता सर्वाधिक १५ पटकको विजेता रियल घरमै स्तब्ध बनेको हो ।
इटालियन क्लब मिलानको जितमा मिलिक थिआव, अल्भारो मोराटा र तिजानी रेजिन्डरर्सले गोल गरेका हुन् । यसअघि २३औं मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । तर, मिलानले खेलमा पकड राख्दै तीन अंक जित्न सफल भयो ।
च्याम्पियन्स लिगमा दोस्रो हारपछि चार खेलबाट ६ अंक जोडेको स्पेनिस क्लब रियल १७औं स्थानमा छ । समान खेल खेलेको मिलान १८औं स्थानमा रहेको छ ।
मंगलबार राति भएका ९ खेलको नतिजाः
Facebook Comment
Comment