सर्लाही कार दुर्घटना : पोखरीमा डुबेर दुईजनाको मृत्यु

सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा मंगलबार बिहान डुबेको थियो । जसबाट दुईजना बेपत्ता भएका थिए ।

सर्लाही कार दुर्घटना : पोखरीमा डुबेर दुईजनाको मृत्यु

जनकपुरधाम– सर्लाहीको एक पोखरीमा डुबेर बेपत्ता भएका दुईजना मृत भेटिएका छन् । गौशाला नगरपालिका–१० का ३८ वर्षीय सुरेश महतो र सोनमा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर मृत भेटिएका हुन् ।

उनीहरूको शव प्रहरीले पोखरीबाट बाहिर निकालेको छ ।

सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा मंगलबार बिहान डुबेको थियो । जसबाट दुईजना बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला –२ का ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्कन सफल भएका छन् ।

घटनालगत्तै खोजी तथा उद्धारका लागि पुगेको प्रहरी टोलीले बेपत्ता भएका दुई जनालाई फेला पार्न नसकेपछि बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बोलाएको प्रवक्ता प्रनाउ श्रेष्ठले जानकारी दिए । साे टोलीले दुई जनाको शव फेला पारेको हो ।

कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको भनाइ छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved