चार दिनदेखि बालक बेपत्ता

नेपालभ्युज

चार दिनदेखि बालक बेपत्ता

सिमकोट । हुम्लामा एक बालक चार दिनदेखि बेपत्ता छन् । खार्पुनाथ गाउँपालिका–३ राया गाउँका दुई वर्षीय सरत रोकाया यही कात्तिक १४ गतेदेखि बेपत्ता भएका हुन् ।

खार्पुनाथ–३ का वडाध्यक्ष च्याङ्गा बोहराका अनुसार सरत घरबाटै हराएका हुन् । आमा बुवा दिउँसो खाजा खान घरभित्र गएको समयमा बालक घरबाहिर खेल्दै गर्दा हराएको उनको भनाइ छ ।

बालक हराएपछि राया गाउँका बासिन्दा चार दिनदेखि उनको खोजी गरिरहेका छन् । बालक हराएपछि परिवारजनले खोजी गर्न स्थानीय प्रहरी चौकीलाई गुहारेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved