काठमाडौं । आज (शनिबार) कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौँथो दिन । हिन्दू धर्मावलम्बीहरूले आज गाईको पूजा गरी गाईतिहार मनाउँदैछन् ।
वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी पूजा गर्ने प्रचलन रहिआएको छ । हिन्दू धर्मावलम्बीहरू गाईलाई आमाको रूपमा पुज्दछन् । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई आमा सरह सम्मान गरिएको हो ।
आजको दिन गाईको पूजा गरी मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।
आज काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिका ८ मा रहेको असाहाय गाईबाच्छा संरक्षण स्थलमा पनि सामुहिक गाईपूजा गरिएको छ । यहाँ सडकमा अलपत्र परेका गाईबाच्छालाई संरक्षण दिँदै आइएको छ । अहिले यस स्थलमा करिब ६० वटा गाईबाच्छा संरक्षित छन् ।
तस्वीरहरूः
Facebook Comment
Comment