काठमाडौं । हङकङ सिक्सेजमा नेपालले अस्ट्रेलियालाई पराजित गरेको छ ।
मोङ कोकमा शनिबार भएको खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।
११२ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाले पूरै ओभर खेलेर ५ विकेट गुमाएर मात्र १०० रन बनायो ।
अस्ट्रेलियाका लागि ज्याक वुडले अविजित ५५ रन र एलेक्स रसले १४ रन बनाए ।
नेपालका लागि प्रतिश जिसीले ३ तथा लोकेश बम र विवेक यादवले १-१ विकेट लिए । नेपालका लागि प्रतिशले पहिलो ओभरमा नै विकेट लिए ।
प्रतिशले एकै ओभरमा २ विकेट लिए । उनले तेस्रो ओभरको पहिलो र अन्तिम बलमा उनले नेपालका लागि विकेट लिए । लोकेशले चौथो ओभरको अन्तिम बल र विवेकले अन्तिम ओभरको पाँचौँ बलमा विकेट लिए।
हङकङ सिक्सेज : नेपालले दियो अस्ट्रेलियालाई ११२ रनको लक्ष्य, सन्दीप जोराको अर्धशतक
पहिले ब्याटिङ गरेको नेपालले पूरै ६ ओभर खेलेर २ विकेटकोे क्षतिमा १११ रन बनायो ।
नेपालका लागि कप्तान सन्दी जोराले ५१ र लोकेश बमले ३३ रन बनाए । सन्दीपले अर्धशतक प्रहार गरे । उनले १६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५१ रन बनाए ।
लोकेशले १३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । विवेक यादवले भने १२ रन बनाए । राशिद खान १२ रनमा अविजित रहे । नारायण जोशीे १ रनमा अविजित रहे बनाए ।
अस्ट्रेलियाका लागि ज्याक वुडले २ विकेट लिए। अब शनिबार नै हुने तेस्रो क्वार्टरफाइनलमा नेपाल र श्रीलंका दिउँसो १ः ३५ मा आमने सामने हुनेछन् ।
स्कोर कार्ड :


Facebook Comment
Comment