नाइटक्लबका बाउन्सर र वेटर्सको ‘लिभ–इन टुगेदर’ बन्यो बलात्कार मुद्दा

आफूहरूको चिनजान क्लबै भएको पीडितले बताएकी छिन् । युवाले बलात्कार गरेपछि आफ्नो पेटमा गर्भ बसेको समेत बताएकी छिन् ।

नेपालभ्युज

नाइटक्लबका बाउन्सर र वेटर्सको ‘लिभ–इन टुगेदर’ बन्यो बलात्कार मुद्दा

काठमाडौं । ठमेलमा रात्रीक्लबमा जति घटना हुन्छन्, त्यो भन्दा धेरै त्यहाँ जोडिएका तर पर्दा पछाडि घटना भइरहेका देखिन्छन् ।

पछिल्लो घटना यस्तै देखिएको छ, एक क्लबमा काम गर्ने बाउन्सर र वेटर्सको । जहाँ ‘लिभ–इन टुगेदर’को सम्बन्ध बलात्कारको मुद्दासम्म पुगेको छ ।

ठमेलस्थितमा एक क्लबमा बाउन्सरको काम गर्दै आएका थापा थरका युवाले बलात्कार गरेको भन्दै एक युवतीले मुद्दा हालेकी छिन् ।

परिवर्तित नाम लैनचौर १३ (२०८१ । ०८२) ले दिएको जाहेरीमा पीडकले आफ्नो गल्कोपाखास्थित कोठामै आएर डर त्रास देखाएर बलात्कार गरेको उल्लेख गरेकी छिन् । एक दिन मात्र नभई पटकपटक घटना भएको पीडितले बताएकी छिन् ।

अन्तिम पटक भदौ २० गते बलात्कार गरेको भन्दै पीडितले १६ खुट्टे प्रहरीमा उजुरी दिए पनि आरोपित युवा पक्राउ परेका छन् । आफूहरूको चीनजान क्लबै भएको पीडितले बताएकी छिन् । युवाले बलात्कार गरेपछि आफ्नो पेटमा गर्भ बसेको समेत बताएकी छिन् ।

उता आरोपित युवाले भने आफूहरू एक वर्षदेखि सँगै बस्दै आएको बयान दिएका छन् । युवतीलाई क्लबमै भेटेको र चिनजान भएको युवाले बताएका छन् ।

‘नजिक भई कुराकानी गर्दा सम्बन्ध घनिष्ठ भई हामीहरू दुवै जनाले एक अर्कालाई मन पराई प्रेम सम्बन्धमा रही बिहे गर्ने भनी सल्लाह गरेको थियौ । हामीहरू विवाह गर्ने सहमति अनुसार गल्कोपाखास्थित कोठा लिई हामीहरूसँगै एकै कोठामा एक वर्षदेखि बुढा बुढी भई बस्दैआईरहेका थियौ’ युवाको भनाइ छ ।

जाहेरवाली र आफूबीच १ वर्षदेखि सहमतीमै पटक पटक शारीरिक सबन्ध भएको युवाले बताएका छन् । दुवै जनाको सहमतिमा बच्चा राख्ने सहमतिमा युवतीको पेटमा बच्चा राखे पनि आफूलाईपछि गर्भपतन गराउन मन लागेको युवाको भनाइ छ ।

आफूले गर्भपतन गराउन दबाब दिएपछि युवतीले रिसको आवेगमा बलात्कार मुद्दा हालेकी युवाको आरोप छ । पीडित युवतीले भने जबरजस्ती करणी नै परेकोले पीडित भई जाहेरी दिएको दाबी गरेकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved