तिहारै आयो, लौ झिलिमिली… (तस्वीरहरू)

तिहारै आयो, लौ झिलिमिली… (तस्वीरहरू)

काठमाडौं । यमपञ्चकको दोस्रो दिन बिहीबार साँझ धनधान्यकी देवी लक्ष्मीको आराधना गरी लक्ष्मीपूजा मनाइएको छ । लक्ष्मीपूजाका लागि घरको सबै ठाउँ सफासुग्घर पारेर फूलहरूले सजाई साँझ दीपावली गर्दै लक्ष्मीको स्वागत गरिएको छ ।

लक्ष्मीलाई स्वागत गर्न मूल ढोकादेखि पूजाकोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पिठो तथा अबीरले पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।

लक्ष्मीको स्वागतमा मूल ढोका सजाउँदै विभिन्न रङको मण्डल बनाएको पनि देखियो । लक्ष्मीपूजाको साँझ दीपावलीले काठमाडौं धपक्क बल्यो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved