काठमाडौं । तिहारमा लक्ष्मी पूजालाई अत्यन्तै शुभ मानिन्छ । यसदिन प्रदोष कालमा अर्थात् सूर्यास्तपछि लक्ष्मी माताको पूजा गर्ने चलन छ । मान्यताअनुसार यस समयमा माता लक्ष्मी पृथ्वीमा भ्रमण गर्छिन् र आफ्ना भक्तहरूमाथि आशीर्वाद बर्साउँछिन् ।
यस्तो अवस्थामा आज हामी तपाईंलाई त्यस्ता संकेतहरूको बारेमा बताउनेछौँ, जसको अर्थ यो लगाइन्छ कि लक्ष्मीको कृपा तपाईंमाथि परेको छ । आउनुहोस् जानौँ यी संकेत ।
लाटोकोसेरो देख्नु
यदि तपाईंले तिहारको समयमा लाटोकोसेरो देख्नुभयो भने यसलाई अत्यन्तै शुभ मानिन्छ । त्यसै गरी रातको समयमा यसको दर्शनले तपाईंको जीवनमा धेरै शुभ समाचारहरू लिएर आउन सक्छ । लाटोकोसेरो देख्नु यो कुराको संकेत हो कि लक्ष्मीको कृपा तपाईंलाई परेको छ ।
बिरालो घरमा आउनु
यदि यस दिन कुनै बिरालो अचानक तपाईंको घरमा प्रवेश गर्छ भने यसलाई अत्यन्तै शुभ मानिन्छ । यसको अर्थ हुन्छ कि, माता लक्ष्मी तपाईंसँग प्रसन्न हुनुहुन्छ ।
सपनामा गहुँ वा धान देख्नु
तिहारभन्दा केही दिन अघि वा लक्ष्मी पूजाको रातमा यदि तपाईंले सपनामा गहुँ वा धानको बाली देख्नुहुन्छ भने स्वप्नशास्त्रमा यसलाई अत्यन्तै शुभ संकेत मानिन्छ । यस सपनाको अर्थ यो हुन्छ कि, लक्ष्मीले तपाईंको घरमा धन–धान्य बर्साउन सक्नुहुन्छ ।
कमलको फूल देख्नु
यदि तपाईंले यस दिन कमलको फूल देख्नुभयो वा सपनामा तपाईंले कमल देख्नुभयो भने यो सपना पनि आफैँमा अत्यन्तै विशेष हुन्छ । यसको अर्थ हो कि सञ्चित धनमा वृद्धि हुन सक्छ, साथै मान–सम्मान पनि तपाईंको जीवनमा प्राप्त हुनेछ ।
न्याउरी मुसो देख्नु
लक्ष्मी पूजाको दिन न्याउरी मुसो देख्नु पनि अत्यन्तै शुभ मानिएको छ । न्याउरी मुसो देखेपछि पनि तपाईंको आर्थिक स्थितिमा राम्रा परिवर्तनहरू देख्न सकिन्छ र धनसँग सम्बन्धित धेरै समस्याहरूको समाधान हुन सक्छ ।
काग देख्नु
औँसीको दिनलाई पितृ कृपाको लागि पनि अत्यन्तै विशेष मानिन्छ । त्यसैले यस दिन काग देख्नु वा काग तपाईंको घरमा आउनु पनि अत्यन्तै शुभ हुन्छ, यसको अर्थ यो लगाइन्छ कि, लक्ष्मीका साथै पितृहरू पनि तपाईंसँग प्रसन्न छन् ।
Facebook Comment
Comment