ढकाल जलवायुविज्ञ सल्लाहकार नियुक्त

नेपालभ्युज

ढकाल जलवायुविज्ञ सल्लाहकार नियुक्त

काठमाडौं । जलवायुविज्ञ मञ्जित ढकाल वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको अवैतनिक जलवायु विज्ञ सल्लाहकार नियुक्त भएका  छन् ।

मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय राख्ने तयारीसँगै शाहीले जलवायु विज्ञ सल्लाहकार नियुक्त गरेको उनको सचिवालयले जनाएको छ ।

विगत दुई दशकदेखि यस क्षेत्रमा क्रियाशील ढकालले जलवायु परिवर्तनका बहुपक्षीय वार्तामा अतिकम विकसित राष्ट्रको जलवायुविज्ञ सल्लाहकार भई काम गरिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved