बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान हिरासतमा झुन्डिएको अवस्थामा भेटिए

नेपालभ्युज

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान हिरासतमा झुन्डिएको अवस्थामा भेटिए
प्रतीकात्मक तस्वीर ।

रुपन्देही । दाङमा जबरजस्ती करणी आरोपमा हिरासतमा रहेका सशस्त्र प्रहरी जवान रेवन पचभैया  झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

प्युठान बडडाँडा घर भएका मगरलाई केही दिनअघि भालुवाङमा नाबालिगलाई करणी गरेको आरोपमा पक्राउ गरिएको थियो। उनी वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा राखिएका थिए ।

प्रहरीका अनुसार, आज बिहान ५ बजे गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो ।

दशैंको फूलपातीको दिन भालुवाङमा दुई सशस्त्र प्रहरी जवानले दुई बालिकालाई बलात्कार गरेको आरोप लागेपछि पचभैया र उनको साथीलाई पक्राउ गरी अनुसन्धान चलिरहेको थियो ।

स्थानीयले आरोपीलाई जोगाउन शक्तिको आडमा दबाब दिने प्रयास भएको भन्दै लगातार १५ दिनसम्म आन्दोलन गरेका थिए। जनदबाबपछि मात्रै आरोपीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved