इजरायली हवाई आक्रमणमा लेबनानमा १५ जनाको मृत्यु, पाँच घाइते

नेपालभ्युज

इजरायली हवाई आक्रमणमा लेबनानमा  १५ जनाको मृत्यु, पाँच घाइते

बेरुत । दक्षिणी लेबनानमा आइतबार बिहान इजरायली हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

इजरायली ड्रोन र लडाकू विमानहरूले दक्षिणी लेबनानका १० सहर र गाउँमा १३ वटा हवाई आक्रमण गरेका थिए ।

इजरायली सेनाले दक्षिणी लेबनानका सीमावर्ती गाउँहरूमा आक्रमण जारी राखेको छ ।

यसैबीच हिजबुल्लाहले एक विज्ञप्तिमार्फत इजरायली शहर एकरको सैन्य उद्योगमा हवाई आक्रमण गरेको बताएको छ ।

आइतबारको छुट्टै विज्ञप्तिमा आइडिएफले दक्षिणी लेबनानमा हिजबुल्लाहसँगको गोलीबारीमा शनिबार चार इजरायली सैनिक मारिएको बताएको छ । चारै जनाले आइडिएफको एलोन रिजर्व इन्फन्ट्री ब्रिगेडमा सेवा गरेका थिए ।

आइडिएफले शनिबार दक्षिणी लेबनानमा एक सय २० भन्दा बढी हिजबुल्लाह लक्ष्यमा आक्रमण गरी ७० हिजबुल्लाह लडाकूलाई मारेको बताएको छ ।  सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved