दूषित थानी हिमालयन रिसोर्टमा ग्लोबल आइएमई बैंकका ग्राहकलाई १५ प्रतिशत छुट 

नेपालभ्युज

दूषित थानी हिमालयन रिसोर्टमा ग्लोबल आइएमई बैंकका ग्राहकलाई १५ प्रतिशत छुट 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहकले दूषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरूमा १५ प्रतिशत छुट पाउने भएका छन् । शुक्रबार बैंक र रिसोर्टबीच बैंकका ग्राहकहरूलाई उक्त छुट उपलब्ध गराउने समझदारी भएको हो ।

उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यवस्थापक दिलीप पोखरेल र दूषित थानी हिमालयन रिसोर्टको सेल्स मेनेजर सम्झना प्रसाईँले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बैंकका ग्राहकहरूले दूषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरू खाना तथा पेय पदार्थ, देभराना स्पा, स्वीमिङ पुल, ज्याक्कुजी, स्टिम र सौनाको प्रयोगबापत भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशत छुट पाउनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved