बालेनलक्षित शंकर पोखरेलको टिप्पणी : र्‍याप गाउनेले राजनीति सुधार्न सक्दैनन्

नेपालभ्युज

बालेनलक्षित शंकर पोखरेलको टिप्पणी : र्‍याप गाउनेले राजनीति सुधार्न सक्दैनन्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक व्यक्तिले राजनीति सुधार्न नसक्ने बताएका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)प्रति लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । एक क्षेत्रमा लोकप्रिय भएको व्यक्ति अन्य क्षेत्रमा पनि हुन्छ भन्ने नहुने उनको भनाइ छ ।

अखिल नेपाल महिला संघ काठमाडौं जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘लोकप्रियताको राजनीतिले अहिलेको समस्या समाधान गर्न सक्दैन तर, काठमाडौंको चुनावको परिणामले कुनै एउटा विधामा चर्चामा रह्यो भने राजनीति सफल भइन्छ भन्ने कुराका मान्यता अगाडि आयो ।’

यसअघि उनले भने, ‘र्‍याप गाउँदागाउँदै मेयर भए भनेपछि राजनीति त एउटा क्षेत्रमा लोकप्रिय भए पुग्यो । समाजमा कुनै एउटा क्षेत्रमा लोकप्रिय व्यक्ति राजनीतिमा आउनुपर्छ भन्ने परेको छ । विचारको आधारमा होइन, लोकप्रियताको कसीमा राजनीति चल्छ, कुनै एजेण्डा चाहिँदैन ।’

आजकाल कसैको विरोध गर्ने व्यक्ति लोकप्रिय हुने प्रवृति रहेको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved